काठमाडौँ, १२ असोज । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख २३ हजार २ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ७० रुपैयाँले बढेर प्रतितोला २८ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्