Banner News

देश कमजोर पार्न खोज्नेहरू सफल हुँदैनन् : डा. प्रकाशशरण महत



काठमाडौँ, १२ असोज । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले लोकतन्त्र र देशलाई कमजोर पार्न खोज्ने शक्ति सफल नहुने बताएका छन् ।

आज बिहान निजी निवास महाराजगन्जमा आयोजित पत्रकार भेटघाटमा उनले फेरि पार्टीहरू जागरुक, एकीकृत भएर लोकतन्त्र बचाउन र देश मजबुत बनाउन अघि बढ्ने उल्लेख गरे । उनले कांग्रेस पुनः माथि उठ्ने बताए । कतिपय कमजोरी, त्रुटिको समीक्षा गरेर अघि बढ्ने उनको भनाइ थियो ।

उनले भने, “हामी फेरि माथि उठ्छौँ । लोकतन्त्रलाई कमजोर गर्न खोज्ने, देशलाई कमजोर गर्न खोज्ने शक्ति सफल हुने छैन,” “फेरि पार्टीहरू जागरुक भएर, एकीकृत भएर लोकतन्त्र बचाउन र देशलाई मजबुत गर्न हामी अघि सर्नेछौँ । हामीमा भएका कतिपय कमजोरी, त्रुटिहरूलाई पनि समीक्षा गर्नेछौँ ।”

प्रवक्ता महतले राजनीतिक दलहरूलाई थाङथिलो पार्ने षड्यन्त्रानुसार काम गरिएको बताए ।