काठमाडौँ, १३ असोज । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले मुलुक बहुपक्षीय द्वन्द्वमा फस्ने चेतावनी दिएका छन् ।
सोमबार (असोज १३) ललितपुरमा आयोजित पत्रकार भेटघाटका क्रममा उनले नेतृत्वमा रहनका निम्ति शीर्ष नेतामा बहानाबाजी सुरु भइसकेको बताएका छन् । उनका अनुसार, ‘जेनजी’ आन्दोलनको माग पुरानो नेतृत्व परिवर्तन हो । तर, संकटका बेला नेतृत्वलाई जोगाउनुपर्ने भनेर बहानाबाजी सुरु भइसकेको उनले उल्लेख गरे । उनले कार्यकताको भावना दोहन गरेर पुनः शक्तिमै बस्ने परिपाटी सुरु भइसकेको जिकिर गरे ।
हालका नेताबाट राजनीतिक दलहरू निर्वाचनमा नजाने स्पष्ट भइसकेको उनले बताए । निर्वाचन गराउन नसके मुलुक अर्कै दिशामा जाने उनले अनुमान गरे । समाजका पुराना, परम्परा र राष्ट्रवादी भनिने शक्तिले समेत खेल्न सक्ने उनको भनाइ छ । चुनावअघि नै संविधान संशोधन गर्नुपर्छ भन्ने शक्तिले पनि खेल्ने क्रम जारी रहने उनले विश्लेषण गरे ।










प्रतिक्रिया दिनुहोस्