बझाङ, १३ असोज । मष्टा गाउँपालिका ५, किनाडामा करेन्ट लागेर एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।
स्थानीय राम बहादुर आग्रीका १३ वर्षीय छोरा सुरेश आग्रीको सोमबार बिहान ११ बजेतिर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार, सुरेश घर नजिकैको जङ्गलमा गोरु चराउन गएका थिए । सोही क्रममा हिजो राति आएको हावाहुरीले चुँडाएर भुइँमा लत्रिएको राष्ट्रिय प्रसारण लाइनको तारमा छुन पुग्दा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्