काबुल, १४ असोज । तालिबानले अफगानिस्तानमा देशभर टेलिकम सेवाहरू बन्द गरेको छ ।
इन्टरनेट अनुगमन गर्ने संस्था नेटब्लक्सको रिपोर्ट अनुसार देश हाल पूर्ण रूपमा कनेक्टिभिटी ब्ल्याकआउटको अवस्थामा छ । राजधानी काबुलमा रहेको आफ्नो कार्यालयसँग सम्पर्क विच्छेद भएको एएफपीलगायत अन्तरराष्ट्रिय समाचार एजेन्सीले बताएका छन् । केही हप्ताअघि अनैतिकता रोक्ने नाममा फाइबर–अप्टिक इन्टरनेट जडानहरू काट्न थालिएको थियो ।
मोबाइल फोन सेवाहरू पनि ठप्प भएको बताइएको छ । अफगानिस्तानमा मोबाइल इन्टरनेट र स्याटेलाइट टिभी पनि गम्भीर रूपमा प्रभावित छन् । २०२१ मा सत्ता कब्जा गरेदेखि तालिबानले आफ्नो इस्लामिक शरिया कानुनअनुसार धेरै प्रतिबन्धहरू लगाएको छ ।
काबुल विमानस्थलमा उडानमा पनि अवरोध उत्पन्न भएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । मंगलबार बिहान काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने वा त्यहाँबाट हुने भनिएको कम्तीमा आठ वटा उडान रद्द भएको फ्लाइटराडर २४ ले बताएको छ ।










प्रतिक्रिया दिनुहोस्