समाचार

रामेछाप–लुक्ला हवाई उडान सुरु



रामेछाप, १४ असोज । रामेछाप–लुक्ला हवाई उडान सुरु भएको छ ।

सगरमाथा आरोहण र आधार शिविर जाने पर्यटकहरूका लागि लक्षित हवाई उडान सुरु गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विभिन्न कम्पनीहरूले काठमाडौंबाट सडकमार्ग हुँदै मन्थलीसम्म पर्यटक ल्याउने र यहाँबाट हवाई उडानमार्फत लुक्ला लैजाने गरेका छन् । विमानस्थलबाट सीता, तारा र समिटलगायतका कम्पनीले सेवा दिँदै आएका छन् ।

मौसम अनुकूल भएको समयमा दैनिक ५० देखि ६५ वटासम्म उडान भइरहेको नागरिक उड्डयन प्राधिकरण रामेछापका सूचना अधिकारी प्रज्वल गुरागाईंले जानकारी दिए ।