समाचार

माटोको ढिस्कोले पुरिएर चार जनाको मृत्यु



सर्लाही, १५ असोज । सर्लाहीको हरिपुर्वा नगरपालिका–१, हर्दी नदी किनारमा माटो खन्ने क्रममा ढिस्को खस्दा चार जनाको मृत्यु भएको छ।

मृतकहरूमा महोत्तरी सोनमा गाउँपालिका–६ की ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मंसुर र ९ वर्षीया नर्गिस खातुन रहेको प्रहरीले जनाएको छ । बुधवार बिहान करिब ९:२० बजे उनीहरु  माटो खन्ने क्रममा ढिस्कोमा पुरिएका थिए ।