समाचार

बिपी राजमार्गमा सवारी साधन चलाउन रोक



लगातार ठुलो पानी परेपछि बिपी राजमार्ग हुँदै काठमाडौं प्रवेश गर्ने र उपत्यकाबाट बाहिरिने सवारी साधनलाई रोकिएको छ । भकुण्डेबेसी, धुलिखेल र बनेपामा ठुलो पानी परेपछि जोखिमलाई मध्यनजर गर्दै सुरक्षाकर्मीले सवारी साधनलाई सुरक्षित ठाउँमा रोकेका हुन् ।

सडकको अवस्था हेरेर सुरक्षाकर्मीको सूचनाका आधारमा सञ्चालन गर्नेगरी अहिले उपत्यकाबाट बाहिरिने सवारी साधनलाई काभ्रेभञ्ज्याङ र उपत्यका बाहिरबाट बिपी राजमार्ग हुँदै काठमाडौं आउँदै गरेका सवारी साधनलाई मंगलटारमा रोकिएको हो ।

पानी पर्नेक्रम रोकिए लगत्तै सवरी साधनलाई बाटोको अवस्था हेरेर छोडिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।