Banner News

आवश्यक जनशक्ति तथा औषधि तयारी अवस्थामा राख्न मन्त्रालयको अनुरोध



काठमाडौँ, १९ असोज । आवश्यक जनशक्ति तथा औषधि सामग्री तयारी अवस्थामा राख्न सबै अस्पताल एवं स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै राखी आकस्मिक स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न आवश्यक परेमा सङ्घीय तथा प्रदेशस्तरका स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रमा सम्पर्क गरी आवश्यक सहजीकरण र व्यवस्थापन गर्न अनुरोध गरेका छन् ।

बिरामी स्थानान्तरण तथा रेफरल सेवाहरूलाई सहज र प्रभावकारी बनाउन, एम्बुलेन्स सेवाको समन्वय र सञ्चालनलाई प्रभावकारी बनाउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।