काठमाडौँ, १९ असोज । सप्तकोसी नदीले सुनसरीको चतरामा सतर्कता तह पार गरेको छ । भारी वर्षा भइरहेकाले बाढी बढिरहेको छ ।
बेलुकासम्म निरन्तर पानी पर्ने भएकाले बाढी र डुबान हुने क्षेत्रहरूमा बेलुकासम्मै अति उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
कोसी नदी जलाधारका र यीनका सहायक नदीहरूको बहावले सतर्कता तह पार गरेकोले बाढी र डुबान हुने क्षेत्रहरूमा बेलुकासम्मै उच्च सतर्कता अपनाउनु पर्ने विभागले बताएको छ ।










प्रतिक्रिया दिनुहोस्