काठमाडौँ, १९ असोज । मेची करिडोरअन्तर्गत केचना–कञ्चन्जंगा रोडको माइखोलाको पुल बाढीले बगाएको छ ।
मेची करिडोरकै पुवाखोलाको बेली ब्रिज पनि बाढीले बगाएको सडक विभागले बताएको छ । विभागका अनुसार जोगमाईको बेली ब्रिज पनि बगेको छ ।
सडक विभागले आफ्नो जनशक्ति पुल बगेको स्थानमा परिचालन गरिएको बताएको छ । मेची राजमार्गमा इलामदेखि पाँचथरसम्म कम्तीमा ३० भन्दा बढी ठाउँमा ठूलो–सानो पहिरो गएको छ । पहिरोका कारण मेची राजमार्ग बन्द भएको सडक विभागले जानकारी दिएको छ ।










प्रतिक्रिया दिनुहोस्