समाचार

खोलाले बगाउँदा एक बालिकाको मृत्यु



काठमाडौँ, १९ असोज । उदयपुरको त्रियुगा नगरपालिका–५ दमौटीमा एक बालिकाको खोलाले बगाउँदा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिका–५ दमौटीमा एक बालिकाको खोलाले बगाउँदा उजन राईकी छोरी तीन वर्षीय रेबिका राईको मृत्यु भएको हो ।

शनिबार दिउँसो २ बजे बालिका खोला नजिकै खेल्ने क्रममा अम्बिका खोलाले बगाएको थियो । बालिकाको शवलाई प्रकृया पूरा गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।