राजनीति

माओवादीले बोलायो सचिवालय बैठक



काठमाडौँ, १९ असोज । नेकपा (माओवादी केन्द्र)ले सचिवालय बैठक बोलाएको छ ।

सोमबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको सचिवालय सदस्य हरिबोल गजुरेलले जानकारी दिए ।

उनका अनुसार महाधिवेशन मिति तय, प्रतिनिधि छनोट लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।