काठमाडौँ, १९ असोज । जिल्ला प्रशासन कार्यालय काठमाडौँ मौसममा क्रमिक सुधार भएको भन्दै केही सडकहरू खुलाइएको जानकारी दिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले आइतबार एक विज्ञप्ति जारी गर्दै केही सडकहरूमा सवारी एकतर्फी खुलाउने निर्णय गरेको जनाएको छ ।
‘अहिले विभिन्न ठाउँहरूमा पहिरो पन्छाई एकतर्फीरुपमा सवारी संचालनको लागि आवश्यक तयारीको कार्य भइरहेको भन्ने सूचना धादिङ, चितवन, मकवानपुर र नुवाकोट समेतका जिल्ला प्रशासन कार्यालयहरूबाट प्राप्त हुन आएकोले यसै सूचनाको आधारमा सडकमा यात्रुहरूको चापलाई समेत मध्यनजर गरी उक्त सडकहरुमा आवागमन एकतर्फी रुपमा खुला गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।










प्रतिक्रिया दिनुहोस्