काठमाडौँ, २० असोज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले अविरल वर्षाका कारण अवरुद्ध सडकहरू सक्दो छिटो सञ्चालनमा ल्याउने बताएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले अवरुद्ध सडक तथा राजमार्गका वैकल्पिक सडक खण्ड रहेको र तत्कालका लागि ती सडक प्रयोग गर्न आग्रह गरे । उनको विपद्का कारण केही भौतिक क्षति भए पनि सरकारको पूर्वतयारीका कारण ठूलो मानवीय क्षति हुन नपाएको जनाए ।
वर्षा कम भएसँगै अवरुद्ध सडक सञ्चालन गराउने काम अघि बढिसकेको उनले बताए । नेपालको पूर्वी क्षेत्रमा पानी परिरहेकाले त्यहाँका सडक खण्ड वर्षा घटेपछि मात्र सञ्चालनमा ल्याइने उनले प्रस्ट्याए । ‘सडक पूर्वाधारको आर्थिक क्षति यकिन गर्न बाँकी छ,’ उनले भने, ‘अहिले बाटो खुलाउन लागिरहेका छौं ।’










प्रतिक्रिया दिनुहोस्