अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २० असोज । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २५ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ३३ हजार १ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर प्रतितोला २९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।