काठमाडौँ, २० असोज । अविरल वर्षा रोकिएसँगै सप्तकोशी नदीको बहाव निरन्तर रूपमा घटेको छ ।
आज बिहान १० : ३० बजेको मापनअनुसार ३ लाख ४५ हजार १४० क्युसेकप्रति सेकेन्ड पानीको बहाव रहेको छ ।
प्रहरीका अनुसार अहिले ब्यारेजका ४८ वटा ढोका खोलिएका छन् । आइतबार बिहान भने नदीमा पानीको बहाव उच्च भएपछि खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको थियो भने रातो झन्डासमेत फहराइएको थियो ।










प्रतिक्रिया दिनुहोस्