अर्थ

स्याऊको मूल्य घट्यो 



काठमाडौँ, २२ असोज । बजारमा स्याऊको मूल्य घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज स्याऊको मूल्य घटेको हो ।

आज कालीमाटी बजारमा फुजी स्याऊको मूल्य घटेको छ । हिजो मंगलबार प्रतिकिलो २ सय ८८ रुपैयाँमा किनबेच भएको फुजी स्याऊको मूल्य आज ८ रुपैयाँ घटेर २ सय ८० रुपैयाँ कायम भएको छ ।