समाचार

आज विश्व हुलाक दिवस मनाइँदै



काठमाडौँ, २३ असोज । आज विश्वका विभिन्न राष्ट्रमा विश्व हुलाक दिवस मनाइँदै छ ।

‘स्थानीय सेवा, विश्वव्यापी पहुँच’ नाराका साथ मनाइने सो दिवस सन्  १८७४ मा स्विजरल्याण्डको राजधानी बर्नमा विश्व हुलाक सङ्घको स्थापना भएको  वार्षिकोत्सवका रूपमा प्रत्येक वर्ष अक्टोबर ९ मा मनाइन्छ ।

सन् १९६९ मा जापानको टोकियोमा आयोजित विश्व हुलाक सङ्घको महासभाले विश्व हुलाक दिवस घोषणा गरेको हो । त्यसपछि विश्वका  विभिन्न देशले वार्षिक रूपमा यो दिवस मनाउँदै आएका छन् । यो दिवसमा धेरै देशका हुलाकले नयाँ हुलाक उत्पादन र सेवाको प्रवद्र्धनात्मक कार्यक्रम पनि गर्दै आएका छन् ।