समाचार

गाडीमा एक यात्रु मृत अवस्थामा फेला



काठमाडौँ, २३ असोज । मुगुबाट नेपालगञ्ज जाँदै गरेको गाडीमा एक युवक मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार गाडीमा जुम्ला हिमा गाउँपालिका–१ का २२ वर्षीय गणेश रावत मृत अवस्थामा भेटिएका हुन् ।

बुधबार साँझ करिब साढे ८ बजे जुम्लाको हिमा गाउँपालिका–१ आर्चायमा मुगुबाट नेपालगञ्जतर्फ  जाँदै गरेका क.प्र. ०२००१ ख ११८० नम्वरको गाडीमा रावत मृत फेला परेको हो । 

उक्त घटनाबारे प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल जुम्ला लगिएको छ ।