अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २३ असोज । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १२ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ३९ हजार २ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ८० रुपैयाँले बढेर प्रतितोला ३ हजार ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।