राजनीति

मन्त्री घिसिङद्वारा क्षतिग्रस्त बीपी राजमार्गको निरीक्षण



काठमाडौँ, २३ असोज ।  ऊर्जा, भौतिक योजना तथा सहरी विकासमन्त्री कुलमान घिसिङले अविरल वर्षापछिको बाढीले क्षतिग्रस्त बनेको बीपी राजमार्गको स्थलगत निरीक्षण गरेका छन् ।

राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडामा रोशी खोलाले पुर्‍याएको क्षति अवलोकन गर्दै उनले राजमार्गलाई २ दिनभित्र सञ्चालनमा ल्याउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

रोशी खोलाको किनारै किनार हिँडेर क्षतिको अवस्थाबारे जानकारी लिएका मन्त्री घिसिङले तत्काल उपलब्ध स्रोत र साधनको प्रयोग गरी काम सुरु गर्न स्थानीय पालिका तथा सडक डिभिजन कार्यालयलाई निर्देशन दिए । निरीक्षणका क्रममा स्थानीयले बाटो अवरुद्ध हुँदा किसानले उत्पादन गरेको दूध र तरकारी बजारसम्म पुर्‍याउन नसकेको गुनासो गरेका थिए ।