समाचार

लागूऔषधसहित एक जना पक्राउ



काठमाडौँ, २३ असोज । सर्लाहीमा प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरी चौकी राजघाटबाट खटिएको टोलीले बागमती नगरपालिका–६ स्थित राधा कृष्ण मन्दिर नजिक बाँसघारीमा शंकास्पद अवस्थामा बसेका जीवन घिसिङलाई नियन्त्रणमा लिएको हो ।

घिसिङको साथबाट ट्रामन ५० लेखिएको २१४ पिस क्याप्सुल, स्पासमोम लेखिएको २०० पिस क्याप्सुल, करिब २५ ग्राम गाँजा,  २, हजार ५३० नगद, ९७०४०३३५८२ नम्बरको  सिमसहितको मोबाइल एक थान र बाप्र०२–०३० प५५७० नम्बरको मोटरसाइकल बरामद गरिएको सर्लाही प्रहरीले जनाएको छ ।

निजलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बरहथवा पठाइएको र जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।