काठमाडौँ, २३ असोज । कर्णाली नदीमा एक युवतीको बेवारिसे शव फेला परेको छ ।
प्रहरीका अनुसार बाजुराको हिमाली गाउँपालिका धुलाचौर नजिकै कर्णाली नदीको छेउमा शव फेला परेको हो ।
शव बुधबार बिहान मुगु जाने बेलिब्रिज पुलनजिक झुगला भन्ने स्थानमा फेला परेको इलाका प्रहरी कोल्टीले जनाएको छ ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्