राजनीति

मन्त्री पुनका ५ बुँदे निर्देशन



काठमाडौँ, २४ असोज । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षासम्बन्धी कामको प्रभावकारिता बढाउन मन्त्रालय मातहतका निकायहरूलाई  निर्देशन दिएका छन् । पुनले बिहीबार बसेका विभिन्न बैठकमार्फत पाँच बुँदा सार्वजनिक गरेका हुन् । 

उनले आफ्नो सामाजिक सन्जालमा लेखेका छन्, ‘म मन्त्रीले हिजो गरेका छलफल, निर्णय तथा निर्देशनः

१) नेपालमा रहेका क्यान्सर अस्पतालहरूमा क्यान्सर बिरामीहरुको उपचारमा प्रयोग हुने अति आवश्यक रेडियोधर्मी (Radio Isotops) औषधिहरुको उत्पादन नेपाल मै गर्नको लागि मात्र आणविक अनुसन्धान केन्द्र तुरुन्त खोल्न आवश्यक कदम अगाडि बढाउने ।

२) सिटिइभिटी को पुर्नसंरचना गरेर त्यहाँबाट सक्षम जनशक्ती उत्पादन गर्न सक्ने बनाउनको लागि कार्यदल तुरुन्त बनाउने ।

३) नास्टमा बैज्ञानिक अनुसंधान र नवप्रवर्तन गर्ने कामलाई उपलब्धिमुलक बनाउन, प्रतिभाशाली नेपालीहरुलाई तान्न र संस्थालाई प्रभावकारी रूपमा काम गर्न सक्ने बनाउन आवश्यक सुधार र पुर्नसंरचना गर्न कार्यदत तुरुन्त बनाउने ।

४) त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति (२०८१) ले नेपाल सरकारलाई पेश गरेको प्रतिवेदन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गर्ने।

५) संस्कृत विश्वविद्यालयमा रिक्त रहेको सेवा आयोगको पदाधिकारीहरुको रिक्त स्थानमा नियमानुसार तुरुन्त नियुक्ती गर्ने ।