काठमाडौँ, २४ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र राजनीतिक दलसँग आज छलफल गर्ने भएका छन् ।
शुक्रबार अपराह्न ४ बजे राष्ट्रपति पौडेलले सरकार र सबै राजनीतिक दलहरूसँग निर्वाचनबारे छलफल गर्न लागेको स्रोतले जानकारी दिएको छ । छलफल शीतलनिवासमै हुने बताइएको छ । छलफलमा दलहरूको दोस्रो तहका नेताहरू सहभागी हुने बताइएको छ।










प्रतिक्रिया दिनुहोस्