राजनीति

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै



काठमाडौँ, २५ असोज । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज पनि बस्ने भएको छ ।

दिउसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकको औपचारिक एजेन्डा टुङ्गो लगाउने छ । 

बिहीबार र शुक्रबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा तीन एजेन्डा उठेका छन । वर्तमान शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको चार वर्षे कार्यकाल मङ्सिरमा सकिँदै छ । त्यही मङ्सिरमा नियमित महाधिवेशन गर्ने एजेन्डा केन्द्रीय समितिमा लैजान पदाधिकारी बैठकमा सुझाव आएको हो ।

सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभाको निर्वाचन पनि केन्द्रीय समिति बैठकको एजेन्डा बन्नेछ । त्यो बाहेक गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जड के हो भन्ने विषय पनि बैठकको एजेन्डा बन्ने छ ।