अर्थ

५० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक



काठमाडौँ, २६ असोज । नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ तान्न लागेको छ ।

बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) थ्रुपिएसँगै राष्ट्र बैंकले बजारबाट सात दिनका लागि ५० अर्ब रुपैयाँ तान्न लागेको हो । राष्ट्र बैंकले पछिल्लो समय निरन्तर रूपमा बैंकहरुबाट तरलता तान्दै आएको छ ।

बैंकहरुमा बढेको अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले आज ७ दिनका लागि उक्त रकम झिक्न लागेको जनाएको छ ।

बजारबाट पैसा निकाल्नका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ ।

घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।