काठमाडौँ, २७ असोज । धनकुटामा ट्रक दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार धनकुटाबाट मुलघाटतर्फ आउँदै गरेको प्र.३-०१-००३क ६९०६ नम्बरको मिनि ट्रक गएराति २ बजे धनकुटा नगरपालिका- ९ पाँच गोलाईमा दुर्घटना भएको हो ।
ट्रकका चालक उदयपुरको उदयपुरगढी गाउँपालिका-५ बस्ने २६ वर्षीय नारायण खड्का र सहचालक उदयपुरकै रानीटारका २० वर्षीय दिनेश कार्की घाइते भएका छन् । उनीहरु दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
ट्रक सडकबाट करिब ३०० मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएका उनीहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्