जनकपुर, ३० असोज । प्रदेशसभामा सहभागी दलहरूको अवरोध र तनावबीच मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनल नियुक्त भएका छन् ।
कांग्रेस र एमालेले प्रदेश प्रमुखविरुद्ध नाराबाजी गरेपछि सुरक्षाकर्मी तैनाथ गरेर लोसपाका प्रदेश सांसद सोनललाई बुधबार अबेर मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । पाँच दलको प्रस्तावमा सोनलले मुख्यमन्त्री पदमा दाबी पेस गरेका थिए । उनलाई जसपा नेपाल (१९), जनमत (१३), माओवादी (९), लोसपा (८) र एकीकृत समाजवादी (७) ले समर्थन गरेका छन् । नवनियुक्त मुख्यमन्त्री सोनलले बिहीबारबाट जिम्मेवारी सम्हाल्नेछन् ।
सोनलको नियुक्तिमा एमाले र कांग्रेसले आपत्ति जनाएका छन् । सांसदहरूले प्रदेश प्रमुखलाई भेटेर जनमत पार्टी विभाजन भइसकेकाले सोनलको दाबीलाई मान्यता नदिन अनुरोध गरेका थिए । जनमत पार्टीका दुई प्रदेशसभा सदस्यले बुधबार नै जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालयमा गएर जनस्वराज पार्टी रोजेका छन् । सोनलका पक्षमा गरिएको बहुमतको दाबीलाई मान्यता दिन नहुने कांग्रेस र एमालेको तर्क छ ।










प्रतिक्रिया दिनुहोस्