अर्थ

आजदेखि लागु हुनेगरी पेट्रोलको मूल्य घट्यो



काठमाडौँ, ३० असोज । पेट्रोलको मूल्य घटेको छ ।

नेपाल आयल निगमले आजदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो ।

निगमका अनुसार काठमाडौँ उपत्यका, पोखरा र दीपायलमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, सुर्खेत र दाङमा १५८ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५६.५० रुपैयाँ कायम भएको छ । 

डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य यथावत राखिएको छ ।