काठमाडौँ, ३० असोज । नेकपा एमाले केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु भएको छ ।
बिहान ८ बजेबाट सुरु हुने भनिएको बैठक केही ढिला गरी सुरु भएको हो ।
दोस्रो दिनको बैठकमा पनि केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको विशेष प्रस्तावमाथि आफ्ना धारणा र सुझाव राख्ने क्रमलाई निरन्तरता दिँदै छन् ।
पहिलो दिनको बैठकमा ५० जना केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखेका थिए । बैठकको दोस्रो दिन करिब १०० जनाले धारणा राख्ने अनुमान गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्