काठमाडौँ, ३० असोज । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशभर मौसम मुख्यतया सफा रहेको छ । आज दिउसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ ।
त्यस्तै आज राति देशभर मौसम मुख्यतया सफा रहने छ । देशभर वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्