समाचार

सर्पको टोकाइबाट एक जनाको मृत्यु



काठमाडौँ, ३१ असोज । झापाको अर्जुनधारा–११ चाम्लिङडाँडाका १० वर्षीय अनिश राईको सर्पको टोकाइबाट मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार उनलाई गए राति सुतिरहेको अवस्थामा ओच्छ्यानमै सर्पले डसेको हो ।

चारआलीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पुर्याए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल ल्याइएको थियो । 

उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।