समाचार

खैरोहिरोइनसहित दुईजना पक्राउ 



हेटौँडा, १ कार्तिक । मकवानपुर प्रहरीले खैरोहिरोइनसहित एक युवती र एक युवक गरी दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले हेटौँडा उपमहानगरपालिका-७ का २८ वर्षीय संजीवराज थिङ र हेटौँडा उपमहानगरपालिका-१४ की २२ वर्षिया मनिषा थिङलाई १४ ग्राम ५२० मिलिग्राम खैरोहिरोइनसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी बसपार्कको संयुक्त टोलीले थिङद्धयबाट डिजिटल तराजु एक थान पनि बरामद गरेको छ । प्रहरीले जिल्ला अदालत मकवानपुरवाट थप अनुसन्धान गर्न म्याद थप गरी उनीहरुलाई हिरासतमा राखिएको छ ।