राजनीति

वरिष्ठ अधिवक्ता घिमिरेद्वारा रास्वपा परित्याग



काठमाडौँ, १ कार्तिक । वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका छन् ।

पार्टीका कार्यवाहक महामन्त्रीलाई सम्बोधन गरी लेखिएको पत्रमार्फत वरिष्ठ अधिवक्ता घिमिरेले शुक्रबारदेखि आफू पार्टीमा नरहने जानकारी गराएका हुन् । उनले केही वर्षदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको कानुन विभाग लगायत अन्य विभागहरूमा कानुन, नीति, नियमावली र पार्टीको विधान मस्यौदा कार्यदलमा रहेर योगदान गर्दै आएका थिए ।