कपिलवस्तु, १ कार्तिक । कपिलवस्तुमा सवारी दुर्घटना परेर एक युवकको मृत्यु भएको छ ।
आज कपिलवस्तु नगरपालिका ९ जगदीशपुरबाट बनगाई जाँदै गरेको लु २० प ९४५२ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा बाणगंगा नगरपालिका ९ भलवाडका २८ वर्षीय रमेश आचार्यको मृत्यु भएको हो ।
मोटरसाइकलमा सवार सोही ठाउँका अर्का युवक सुजन सुनारको अवस्था भने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ । उनलाई उपचारको लागि बुटवल पठाएको प्रहरीले जनाएको छ । प्रहरीले ठक्कर दिने सवारी सधानको खोजी गरिरहेको जानकारी दिएको छ ।










प्रतिक्रिया दिनुहोस्