रुपन्देही, १ कार्तिक । सिद्धार्थनगर नगरपालिका ६ स्थित भैयाटोलमा रहेको अगरबत्ती उद्योगमा आगलागी भएको छ ।
आज बिहान न्यु जय अम्बे अगरबत्ती तथा पूजा सामग्री प्याकेजिङ्ग उद्योगमा आगलागी भएको हो । आगलागीका कारण उद्योगभित्र रहेको अगरबत्ती, धूप, तेल, नगद, मेसिन, सीसीटिभी क्यामेरा, कम्प्युटर लगायतका सामग्रीहरू जलेर नष्ट भएका छन् ।
सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो निभाइएको छ । उद्योगका सञ्चालक श्रीराम गुप्ताले आगलागीबाट करिब २ करोड मूल्य बढीको क्षति भएको बताए । विद्युत् सट भएर आगलागी भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।










प्रतिक्रिया दिनुहोस्