काठमाडौँ, ३ कार्तिक । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले उनले नेपाल विविध जाति, भाषा, धर्म, संस्कृति र चाडपर्व भएको मुलुक भएको उल्लेख गर्दै यस विविधताभित्रको सद्भाव र सहिष्णुताले राष्ट्रिय एकतालाई बलियो बनाएको बताएका छन् ।
नेपालीको महान् चाड तिहार तथा नेपाल संवत्को नयाँ वर्ष ११४६ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति र प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै उनले तिहार अर्थात् यमपञ्चकका हरेक दिनले पारिवारिक र मानवीय सम्बन्धहरूमा सौहार्द र आत्मीयता कायम गर्न सहयोग पुगेको उल्लेख गरे । अन्धकारमाथि उज्यालोको विजयको प्रतीक तिहार र नेपाल संवत्को नयाँ दिनले पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन सकोस् भन्दै उनले सबैमा शुभकामना व्यक्त गरेका छन् ।
नेपाल संवत् ११४६ को सन्दर्भमा उनले यो बागमती सभ्यताको उत्थानकालको इतिहास र संस्कृतिको जीवन्त धरोहर भएको बताए । समाज सुधारक शंखधर साख्वाद्वारा गरिबहरूको ऋणमोचनमार्फत गरिएको महान् परोपकारी कार्यको सम्झनामा नेपाल संवत् सुरु भएको र साख्वाको उदारता, समर्पण र योगदानको कदर गर्दै उनलाई राष्ट्रिय विभूति घोषणा गरिएको पनि खड्काले उल्लेख गरे ।










प्रतिक्रिया दिनुहोस्