बुटवल, ८ कार्तिक । नेपाल विद्युत प्राधिकरणले बुटवल-भैरहवा औद्योगिक करिडोरका १० उद्योगमा शुक्रबार साँझ देखि विद्युत लाइन काटिदिएको छ ।
प्राधिकरणले पञ्चकन्या स्टिल, पञ्चकन्या प्लास्टिक, एभरेष्ट रोलिङ, एसआर स्टिल, एसआर फुड, भलबारी स्वचालित चामल कारखाना, घराना फुड्स्, गोयनका फुड्स, सिद्धार्थ पेट प्लास्ट,र श्याम प्लास्टिक उद्योगको लाइन काटेको पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहूले जानकारी दिए ।
उद्योगीहरुले ट्रंक लाइनबाट विद्युत् खपत गर्ने सम्बन्धमा कुनै माग नै नगरेको, प्राधिकरणसंग कुनै सहमति तथा सम्झौता पनि नभएको बताउंदै बक्यौता तिर्न अस्वीकार गर्दै आएका थिए ।
चार वर्षसम्म अतिरिक्त महसुलको बिल नआएको र नियमित महसुल तिर्दै आएको अवस्थामा चारवर्षपछि ६७ प्रतिशत महँगो महसुल जोडेर बिल पठाउंदा आफूहरु अन्यायमा परेको भन्दै उद्योगीहरुले माग र खपत गरेको प्रमाण माग्दै आएका थिए ।










प्रतिक्रिया दिनुहोस्