काठमाडौँ, ८ कार्तिक । काठमाडौँ महानगरपालिकाले ४५ वर्षमाथिका अनुभवी र परिपक्व नागरिकको ज्ञान, सीप र क्षमतालाई सहर विकासमा उपयोग गर्ने मुख्य उद्देश्यले ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु गरेको छ ।
कार्यक्रममार्फत शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण, प्रशासन, सहरी विकास, सम्पदा संरक्षणलगायतका क्षेत्रमा महानगरसँग मिलेर काम गर्न सकिने जनाइएको छ। महानगरले ‘कामपा–सिल्भर–भोलिन्टियर–कार्यविधि’ बमोजिम आवेदन आह्वान गरेको हो।
कार्यविधिमा उल्लेख भएअनुसार, यो कार्यक्रममा सहभागी हुनका लागि निम्न योग्यताहरू तोकिएका छन्:
- नेपाली नागरिक, गैर आवासीय नेपाली वा प्रचलित कानुनअनुसार स्वीकृति लिएका विदेशी नागरिक हुनुपर्ने।
- उमेर ४५ वर्ष पूरा भई ७४ वर्ष ननाघेको हुनुपर्ने।
- कुनै क्षेत्रमा सरकारी, निजी वा गैर सरकारी संस्थामा कम्तीमा २० वर्ष काम गरी विषयगत दक्षता हासिल गरेको हुनुपर्ने।
- एक वर्ष अवधिका लागि हप्ताको न्यूनतम पाँच घण्टा सेवा दिन तयार हुनुपर्ने।
- शारीरिक र मानसिक रूपमा काम गर्न सक्षम रहेको तथा पूर्णरूपमा स्वयंसेवा गर्न इच्छुक हुनुपर्ने।
- समितिले तोकेको महानगरभित्रका क्षेत्रमा गई काम गर्न तयार रहने र आफूले पाएको जिम्मेवारी इमान्दारीपूर्वक गर्ने क्षमता हुनुपर्ने।
- कुनै पनि फौजदारी अभियोगमा कसुरदार नठहरिएको हुनुपर्ने।










प्रतिक्रिया दिनुहोस्