समाचार

प्रहरीलाई अभद्र व्यवहार गर्ने चार जना पक्राउ



संखुवासभा, ८ कार्तिक । संखुवासभाको चैनपुर नगरपालिका–३ मा प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकामध्ये चन्द्रबहादुर आले मगर, पूर्णबहादुर आले मगर, तेजबहादुर आले मगर र दाछिरी शेर्पा रहेका छन् ।

उनीहरूले प्रहरीमाथि अभद्र व्यवहार र असहयोग गरेको प्रहरीले जनाएको छ । संखुवासभा प्रहरी प्रमुख डिएसपी कुमारप्रसाद मैनालीले मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा हुलदंगा मच्चाउने, अभद्र व्यवहार प्रदर्शन गर्ने वा प्रहरीमाथि अपमानजनक व्यवहार गर्ने जो कोहीमाथि पनि कानुनअनुसार कडा कारबाही गरिने बताएका छन् ।