अर्थ

अलैँचीको निर्यात ३३ प्रतिशतले बढ्यो



काठमाडाैँ, ९ कार्तिक । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा अलैँची निर्यात ३३ प्रतिशतले बढेको छ ।

उक्त अवधिमा एक अर्ब ६७ करोड ९१ लाख ७५ हजार रुपैयाँबराबरको अलैँची निर्यात भएको कार्यालयले जनाएको छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार तीन महिनामा एक हजार ७२  मेट्रिक टन अलैँची निर्यात भएको छ ।

कार्यालयको तथ्यांकानुसार, चालु आवको तीन महिनामा चियाको निर्यात ४०.९० प्रतिशतले घटेको छ ।