काठमाडौँ, १३ कार्तिक । गृह मन्त्रालयले मापदण्ड विपरीत एक व्यक्तिको घरमा सुरक्षाकर्मी पठाइएको विषयमा सोधखोज सुरु गरेको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा कार्यरत एक प्रहरीलाई नक्साल निवासी ‘कृति पाण्डे’को घरमा पठाइएको भनी सूचना आएपछि मन्त्रालयले सोधखोज सुरु गरेको हो ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा हेड कन्स्टेबलको रुपमा कार्यरत सुरेन्द्र मगर सवारीचालकको रुपमा खटाइएका हुन् । उनलाई दशैदेखि सवारीचालकको रुपमा खटाइएको थियो ।










प्रतिक्रिया दिनुहोस्