काठमाडौँ, १३ कार्तिक । स्थानीय बजारमा गोलभेँडाको मूल्य बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज गोलभेँडाको मूल्य बढेको हो ।
कालीमाटी बजारमा आज नेपाली ठूलो गोलभेँडाको भाउ प्रतिकिलो थोकमा औसत ९ रुपैयाँ बढेको छ ।
बुधबार प्रतिकिलो ५५ रुपैयाँमा किनबेच भएको नेपाली ठूलो गोलभेँडा आज ६४ रुपैयाँमा किनबेच भइरहेको छ ।
भारतीय ठूलो गोलभेँडाको भाउ पनि आज बिहीबार प्रतिकिलो ५ रुपैयाँले बढेर ७० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो बुधबार भने भारतीय ठूलो गोलभेँडा प्रतिकिलो ६५ रुपैयाँमा किनबेच भएको थियो ।










प्रतिक्रिया दिनुहोस्