शैक्षिक

सुनसरीका अधिकांश स्थानीय तहका विद्यालयमा बिदा



सुनसरी, १४ कार्तिक । मोन्था चक्रवातको प्रभावले वर्षा नरोकिएपछि सुनसरीका अधिकांश स्थानीय तहले आजको लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

मोन्था चक्रवातको प्रभाव अहिले कोशी र मधेश प्रदेशमा केन्द्रित हुँदा बिहीबार साँझदेखि लगातार वर्षा भइरहेको छ । अविरल वर्षाले जनजीवन प्रभावित भएको भन्दै सुनसरीको इटहरी, इनरुवा, रामधुनी नगरपालिकाले सबै विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । ती स्थानीय तहहरूले विशेष सूचना जारी गर्दै एक दिनका लागि विद्यालय बिदा दिने उल्लेख गरेको हुन् ।

रातिदेखिको अत्यधिक वर्षाका कारण विद्यार्थीहरूको सुरक्षा तथा आवतजावतको चुनौतीलाई ध्यानमा राख्दै बिदा दिने निर्णय गरिएको इटहरी उपमहानगर शिक्षा शाखा अधिकृत तीर्थ गौतमले बताए ।