काठमाडौँ, १५ कार्तिक । काठमाडौँबाट मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रबार काठमाडौँ महानगरपालिका-४ स्थित हिमाल डेन्टल हस्पिटल अगाडिबाट उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा मकवानपुरका ३२ वर्षीय सरोज लामा र दाङका १९ वर्षीय हरि मगर रहेका छन् । उनीहरू हाल काठमाडौँको कपन क्षेत्रमा बस्दै आएका थिए । ट्राफिक प्रहरीले बा ६६ प ५६८३ नम्बरको चोरी भएको मोटरसाइकल प्रयोग गरिरहेको अवस्थामा फेला पारेपछि दुवैलाई नियन्त्रणमा लिएको हो ।










प्रतिक्रिया दिनुहोस्