समाचार

बस दुर्घटना हुँदा एकजनाको मृत्यु



काठमाडौँ, १५ कार्तिक । काठमाडौँबाट महेन्द्रनगरतर्फ आइरहेको यात्रुवाहक बस आज बिहान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार ना७ख ६१८२ नम्बरको बस कञ्चनपुरको कृष्णपुर नगरपालिका–२, वाणीस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो ।

दुर्घटनामा कृष्णपुर–१, बण्डका ४२ वर्षीय बलबहादुर बोहराको मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका बोहराको उपचारका क्रममा वाणी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसमा पाँचजना मात्र सवार थिए । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।