काठमाडौँ, १५ कार्तिक । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीलाई एकीकृत बनाइने बताएका छन् ।
आज काठमाडौँमा आफूनिकट नेताहरूको भेलामा सहभागी हुन पुगेका उनले पार्टीलाई पुनर्गठन/गठन गरेर एकीकृत बनाइने बताएका हुन् ।
पार्टीलाई सिंगो बनाउन अहिले टुक्रा भएको खनालले टिप्पणी गरे । उनले उचित वातावरण बनाए नेकपा (एमाले)मा फर्कन कुनै आपत्ति नरहेको बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘घर फर्क’ भनेर मात्र नहुने उनले उल्लेख गरे । ‘ढोका राम्रोसँग खोल्नुपर्ने र बस्ने ठाउँ राम्रो बनाउनुपर्ने’ उनको भनाइ थियो ।










प्रतिक्रिया दिनुहोस्