काठमाडौँ, १५ कार्तिक । धनगढीबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको विमान भैरहवा विमानस्थलमा आकस्मिक अवतरण भएको छ ।
आज विमानमा प्राविधिक समस्या आएपछि भैरहवा विमानस्थलमा आकस्मिक अवतरण भएको हो ।
धनगढीबाट १० बजे उडेको फ्लाइट नम्बर २२२ को विमानमा काठमाडौँ नपुग्दै बिच बाटोमै हाइड्रो लिक फेलियर भएपछि गौतम बुद्ध विमानस्थलमा अवतरण गराइएको जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्